किसानलाई परिचयपत्र : परिचयपत्र पाउनेलाई मल र बीउ वितरण

काठमाडौं / सरकारले अब किसानलाई परिचयत्र र त्यसैका आधारमा अनुदान, बिउबिजन र सुविधा वितरण गर्ने तयारी थालेको छ । अनुदानको मल तथा बीउबिजनमा बिचौलिया हाबी भएपछि परिचयपत्र बनाउने र त्यसमार्फत व्यवस्थीत गर्ने तयारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानको अवस्था अनुसार उनीहरुलाई परिचयपत्र वितरण गरिने बताएका छन् । मंगलबार ललितपुरमा राष्ट्रिय किसान आयोगको वार्षिक समीक्षा तथा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सरकारले किसानलाई परिचय पत्र बाँड्ने तयारी भइरहेको उनले बताएका हुन् । किसान परिचयपत्र बाँड्ने तयारीका लागि सातओटै प्रदेशका लागि २१ करोड रुपैयाँ बजेटसमेत छुट्याइएको मन्त्री खनालले जानकारी दिए ।

२५ सूचकलाई आधार बनाइ पाँच तहमा परिचयपत्र वितरण गरिने उनको भनाइ छ । यसैअनुसार नियमावली बनाइने उनले उल्लेख गरे ।

जमिन चक्लाबन्दी गरिने र १०० विगाहासम्म केन्द्रित गरेको ठाउँमा सिँचाइ र प्रविधि उपलब्ध गराइ उत्पादन लागत ‘ग्यारेन्टी’ गरिने मन्त्री खनालले बताए । सरकारले बिचौलिया नियन्त्रण गर्नका लागि ठूला बजारको विकासमा जोड दिएको उनको दाबी छ ।

Loading...
प्रकाशित मिति २५ आश्विन २०७६, शनिबार ०२:५६