काठमाडौं / चिनियाँ राष्ट्रपति सी जीनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा भारतको चेन्नाईबाट नेपाली समयानुसार १:४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने भएका छन् । उनी एयर चाइनाको विशेष विमानमार्फत नेपाल आउन लागेका हुन् ।
सीलाई अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलमा उनलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी छ ।
राष्ट्रपति सीले आजै अपराह्न शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ आज नै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको स्वागतमा रात्रिभोजको आयोजना गरेकी छिन् ।
आइतबार बिहान प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति सीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ ।