मुटु रोगीका लागि मेवा खादा हुन्छन् यस्ता फाइदै फाइदा

काठमाडौँ – मेवालाई हामिले फलको राजाको रुपमा लिने गर्छौ । स्वादमा निकै मिठो हुने मेवा निकै फाइदाजनक छ । यसको रुखको  प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ । मेवा स्वादका लागी मात्र होइन स्वास्थ्यको लागी पनि फाइदाजनक छ ।

धेरैले निकै रुचाउने मेवाले हाम्रो शरिरलाई धेरै नै फाइदा गर्छ । यदि महिलामा महिनावारी अनियमित हुने समस्या छ भने यसको सेबनले महिनावारि नियमित हुन थाल्छ । हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन्छ । जहाँ पनि सजिलै पाइने मेवाको पात पनि निकै फाइदाजनक छ ।

मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न सहयोग गर्छ । मेवामा फाइबर, भिटामिन र एन्टी९आक्सीडेन्ट प्रशस्त मात्रामा पाइन्छ । मेवाको नियमित सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ । मेवाको रसमा टमाटरको रस मिसाएर पिउनाले कब्जियतबाट टाढा रहन सहयोग पुग्छ ।

मेवा खानु हड्डीको लागि निकै लाभदायक छ । मेवा मुटु रोगीका लागि लाभदायक छ । मेवाको सेबनले वजन कम गर्न सहयोग गर्छ ।

Loading...
प्रकाशित मिति २५ आश्विन २०७६, शनिबार ०८:५६