दुर्गेश थापाको “बोल्दैन फोटो”……

काठमाडौं / गायिका भावना आचार्य र गायक डेबिड शंकरको  “बोल्दैन फोटो”  बोलको गीत सार्वजनिक भएको छ। गीतलाई दुर्गेश थापाको युटयुबबाट सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीतमा नरेन्द्र बियोगीको एरेंज रहेको छ ।

माया प्रेम र बैशको भाव समावेश गरिएको उक्त गीतमा मायालसँग छुटनु पर्दाको पिडा प्रस्तुत गरिएको छ भने आफु मात्र सम्झिएर बस्नु पर्ने कुरा गरिएको छ ।

दुर्गेश थापा र अस्मिता पुरीको अभिनय रहेको उक्त गीतको भिडियो नवराज उप्रेतीले छायांकन गरेका हुन् । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनलाई नृत्य गर्दै देख्न सकिन्छ  भने मायालु टाढा हुदाँको पिडा देख्न सकिन्छ । भिडियो :

शिब बिकको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई बिकास ज्ञवालीले संपादन गरेका हुन् ।

Loading...
प्रकाशित मिति २५ आश्विन २०७६, शनिबार २३:५५