कञ्चनपुर २५ असार / कञ्चनपुरमा शिक्षकको कुटपिटबाट घाइते एक विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१७ मझगाउँका महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको उपचारको क्रममा भारतमा मृत्यु भएको हो ।
उनलाई प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेको अभिभावकले आरोप लगाएका छन् ।
साथीहरुसँग झगडा गरेको विषयमा विद्यार्थीलाई गत शुक्रबार शिक्षकहरुले कुटपिट गरेको अभिभावको भनाइ छ ।