•सुखिलाल चौधरी
उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ स्थित भोर्लेमा मिनी ट्रक दुर्घटनामा परि ५ जना गम्भिर घाइते भएका छन् ।
आइतबार विहान रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा.३ ख ७३०१ नम्बरको मिनी ट्रक ओरालोमा बे्रक फेल भएर दुर्घटना भएको थियो । ट्रक करिव सय मिटर तलसम्म खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि १८ जना मध्ये ५ जना गम्भिर घाइते भएको कटारी ट्राफिक इन्चार्ज डिबी दियालीले बताए । उनका अनुसार गम्भिर घाइते ५ जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ भने अन्य १३ जना घाइतेहरुको कटारी अस्पतालमा उपचार भैरहेको बताए । घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।
फाइल तस्बिर