दाइजोको कारण २२ बर्यिषा रञ्जनाको ज्यानगयो

विराटनगर / विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शवसीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा ह त्याभएको अनुमान गरिएको छ । मृत कको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ ।

सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले ह त्यागरेको आशङ्का गरिएको छ । भारतीय प्रहरीले हत्या आरोपमा मृत कका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउरहेको छ ।

सासू र जेठानी  भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ । कुट पिटपछि ह त्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २७ आश्विन २०७६, सोमबार ०२:२७