काठमाडौं / चर्चित लोकप्रिय गायक प्रकाश सपूत सँग पछिल्लोसमय भाइरल बनेकी कमला घिमिरेले तेस्रो दामाचोर महोत्सवमा घम्साघम्सी दोहोरी गाएका छन् ।
प्रकाश सपूतकै सर्वाधिक लोकप्रिय गीत “गलबन्दी” भाकामा दोहोरी घम्सा घम्सी चलेको थियो । कमला र प्रिती आले मिलेर सपूत सँग दोहोरी गाउँदै दर्शकलाई रातको बेला मनोरञ्जन गराएका थिए ।
केहिसमय अगाडि कमलाको दोहोरी सुनेर उज्ज्वल भविष्यको कामना गरेका प्रकाश सपूतले उनी सँगै स्टेज सेयर गरेका छन् ।
दशैं तिहारको रौनक सँगै आयोजना गरिएको मेला महोत्सवमा दोहोरी गाउन कमलालाई भ्याइनभ्याई छ ।