रेस्टुरेन्टमा भाडा माज्ने देखि चटपटे पसल सम्म १८ बर्षकि रितु बस्नेत (भिडीयो)

सुरेश तिमल्सिना / काठमाडौं 

गोरखा घर भइ हाल काठमाडौं बस्दै आएकी १८ बर्षकि रितु बस्नेत एउटा सामान्य परिवारमा हुर्केकी नारी हुन , आफ्नो कलिलो उमेरबाट नै खुट्टाकि रोगले उनलाइ सताइरहेको थियो , तर अहिले उनि नेपाली समाजको लागी एउटा उदाहरणिय पात्र बनेकी छिन ।

काठमाडौं बनस्थली स्थित खरिबोटमा एउटा जस्ताकी छानामुनी उनले चटपटे पसल राखेकी छिन , उनले पसल राखेको करिब तीन हप्ता पूरा भएको छ ।

अहिले कक्षा 13 मा अध्ययन गरिरहेकी रितु भन्छिन समाजमा कामको आधारमा मानिसलाइ सानो र ठुलो भनेर तुलना गरिन्छ तर त्यो गलत हो , आफ्नो जिवन सन्चालन गर्न मानिसले जे गरेपमी त्यसलाइ सम्मान गर्नुपर्छ , पहिला रेस्टुरेन्टमा काम गर्थे खुट्टाकि बिरामिले गर्दा रेस्टुरेन्टमा भाडा माज्ने काम छाड्न बाध्य भए ।

परिवारकि कमजोर स्थितको कार,अहिले चटपटे पसल सन्चालन गरेको छु , दिनमा कम्तिमा तीन हजार ब्यापार हुन्छ र यसैबाट आफ्नो जीवन सन्चालन गरिरहेको कुरा रितु बस्नेत बताउछिन ।

Loading...
प्रकाशित मिति २५ असार २०७६, बुधबार १३:२१