काठमाडौं / युट्युवमा दोहोरो अर्थ लाग्ने अन्तर्वार्ता लिएर चर्चामा आएकी मोडल तथा सञ्चारकर्मी सोनिया रोकाय यति बेला फेरि चर्चामा आएकी छन् ।
बेलाबखत सामाजिक सञ्जालमा छाइरहने सोनिका यो पटक भने, पुर्वयुवराज पारस शाह सँग नाम जोडिएर सामाजिक सञ्जाल लगायत जताततै भाइरल भइरहेको छ ।
टिकटकमा पुर्व युवराज पारस सँगको टिकटक भिडियो बाहिरिएपछि उनको चर्चाले सामाजिक सञ्जाल तातिएको छ । सार्वजनिक भिडियोमा उनी पारस शाहको बाइकमा पछाडि बसेर कतै गइरहेको देख्न सकिन्छ । भिडियोबारे थप जानकारी भने आएको छैन ।
विशेष गरि युट्युवर भनेर चिनिने सोनिका मोडल पनि हुन् उनले म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । स्टेज कार्यक्रम समेत सञ्चालन गर्देै आएकी सोनिकाले अहिले ” द सोनिका शो” नाम युट्युव च्यानल चलाउछिन् ।
व्यवसायमा पनि हात हालेकी सोनिकाले एक रेस्टुरेन्टमा लगानी समेत गरेकी छन्, उक्त रेस्टुरेन्ट बाटै पुर्वराजा सँग उनको हिमचिम बढेको अनुमान लगाउन सकिन्छ ।