फेरि ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौं /  आज साताको तेस्रो दिन (मंगलबार) सुनको भाउ ह्वात्तै बढेको छ ।

सोमबार ७० हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन ६ सय रुपैयाँ बढेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार ६९ हजार ८ सय प्रतितोला कारोबार भएको तेजावी सुन सोमबार एक रुपैयाँ घटेको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार र सोमबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Loading...
प्रकाशित मिति २८ आश्विन २०७६, मंगलवार ०६:५९