‘छ माया छपक्कै’ हेरेपछि रविदेखि नेतासम्मले के भने ? (भिडियो हेर्नुहोस् )

काठमाडौं / असोज २४ गतेबाट देशभर प्रदर्शन भइरहेको चलचित्र “छ माया छपक्कै” ले अहिलेसम्मकै आक्रमण व्यापार गरिरहेको बेला फिल्म हेर्न नेता देखि चर्चित व्यक्तित्वहरु हल सम्म पुगेका छन् ।

दीपकराज गिरी र केकी अधिकारी , माग्ने बुढा, जितु नेपाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको चलचित्र ‘छ माया छपक्कै’लाई दर्शक र समिक्षकहरुले राम्रो प्रतिक्रिया दिइरहँदा निर्माण टीमले पनि छक्का पञ्जाको रेकर्ड ब्रेक गरेको दाबि गरेका छन् ।

विशेष निमन्त्रणामा “छ माया छपक्कै” हेर्न हल पुगेका चर्चित सञ्चारकर्मी रवि लामिछाने र श्रीमती निकिता पौडेललाई चलचित्रका मुख्य कलाकार केदार प्रसाद घिमिरे र दीपक राज गिरीले न्यानो स्वागत गरेका थिए ।

यो पनि पढौ:

हाल दिपक दिपा टिमको फिल्म ‘छ माया छपक्कै’ हलमा चलिरहेको छ । असोज २४ बाट रिलिज भएको यस फिल्मलाई दर्शकहरुले पनि अत्याधिक रुचाएका छन् । त्यति मात्र होइन् समीक्षकले पनि फिल्मलाई राम्रो भनेका छन् ।

राजनिति र प्रेम कथामा आधारित फिल्मको अहिलेसम्मको कलेक्सन हेर्दा १२ देखि १५ करोडसम्मको कमाई गर्ने निर्माण टिमको आशा छ । यो फिल्म दिपक र दिपाको टिमले ५० प्रतिशत लिने शर्तमा गरेका थिए ।

रोहित अधिकारीले निर्माण गरेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । त्यसैले अहिले दिपक र दिपाको टिम फिल्मको सफलताको खुसी एक अर्कामा साटिरहेका छन् । । किनभने योे टिमलाई सुरुवात देखि नै छ नाम लक्की बन्दै आएको छ ।

एक जानकारीको अनुसार ‘छ माया छपक्कै’ सफलतापछि अब यो टिमले अर्को नयाँ फिल्ममा काम गर्ने भएका छन् । अर्को वर्षको दशैमा रिलिज हुने गरी फिल्मको नाम पनि छ बाटै जुराएका छन् । अब बन्ने फिल्मको नाम ‘छन् गेडी सबै मेरी’ हुने बताइएको छ ।

तर औपचारिक घोषणा भएको छैन् । फिल्ममा सिमोस सुनुवारको लगानी र निर्देशन रहनेछ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखिरहेका छन् । यस फिल्मबाट दिपक दिपाको टिमले ६० प्रतिशत लिने शर्तमा गर्न लागेको जनाएको छ । फिल्म फागुन अन्तिमबाट छायांकनमा जाने तयारीमा छ ।

बुधबार हात्तिसारस्थित जय नेपाल हलमा फिल्म छ माया छपक्कैको विशेष शो राखिएको छ । विशेष शोमा नेतादेखि कलाकारहरुको लर्को लाग्यो । छ माया छपक्कै हेरेपछि को विशेष शोमा को को पुगे त ?

भिडियो हेर्नुस् :

Loading...
प्रकाशित मिति २९ आश्विन २०७६, बुधबार १६:३९