‘द हन्ड्रेड’मा सन्दीप लामिछाने एक लाख पाउण्डमा आबद्ध

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने द हन्ड्रेड क्रिकेट को ड्राफ्टमा एक करोड भन्दा बढी रकममा बिक्री भएसँगै अर्को ठुलो छलाङ मार्न सफल भएका छन् । उनलाई एक लाख पाउण्डमा बर्मिङघम फिनिक्सले अनुबन्धित गरेको हो ।

नेपाली एक करोड ३९ लाख पारिश्रमिक सन्दीपको यो अहिलेसम्मकै सर्वाधिक उच्च अनुबन्धित रकम पनि हो । द हन्ड्रेड क्रिकेट इंग्ल्याण्डमा सन २०२० को जुलाइ दोस्रो सातादेखि सुरु हुनेछ। जसमा आठ टिमको सहभागिता रहनेछ। यीनै सन्दीप युएइमा हुने टी ट्वान्टी लिगमा पनि महङ्गो रकममा अनुबन्धित भएका छन् ।

उनलाई कर्नाटक टसकर्सले ए क्याटगरीमा टिममा भित्र्याएको हो । ए क्याटवरीका खेलाडीले ४५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । टि टेन नोभेम्बर १५ देखि २४ सम्म दुबाईमा हुनेछ। गत संस्करण उनले केरला टाइगर्सबाट खेलेका थिए ।

Loading...
प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार ०२:२२