श्रीमान सँग डिभोर्स गर्ने तयारीमा पूर्व मिस नेपाल उषा खड्की

काठमाडौं / पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ।

एक समय अन्तर्जातिय विवाह गर्ने रोल मोडल बनेका यी दुबैको घर झगडा बढ्दै जाँदा आ आफ्नो बाटो लाग्ने तयारीमा लागेका खबर आजको शुक्रबारले छापेको छ।

दुई सन्तानका अभिभावक रहेका उनीहरुबीच सहमति गराउने अन्तिम प्रयास भइरहे पनि सम्भावना भने कम रहेको स्रोतको दाबी छ।

अहिले उनीहरुबीच सम्पत्ति बाँडफाँडबारे जलफल भइरहेको छ।

सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भए लगत्तै दुबै अलग हुने तयारीमा छन्।

यो जोडी टेलिभिजन कार्यक्रमले जुराएको थियो। उषा मिस नेपाल बन्नुअघि नै दुबैजना प्रेममा थिए। सन् २००० को मिस नेपाल विजेता उषा र जिवीले ०५९ मा विवाह गरेका हुन्।

Loading...
प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार ०२:५९