बिहिबार जन्मेका मानिस कति भाग्यमानी ? 

काठमाडौं – कुनै पनि मानिसको बानि ब्यबहार जन्मेको बार अनुसार थाहाँ पाउन सकिन्छ । ज्योतिषशास्त्र अनुसार  मानिसको बानि ब्यबहार उ जन्मेको समय, जन्मबार र महिना अनुसार थाहा पाउन सकिन्छ ।

कुन दिन जन्मेको मानिसको ब्यबहार कस्तो छ र कति भाग्यमानी छ भन्ने कुरा जन्मेको दिन अनुसार छुट्टाउन सकिने ज्योतिषशास्त्रमा बताइएको छ ।

मानिस जन्मेको दिनलाई आधार मानेर ज्योतिषशास्त्रमा बानि ब्यबहार पत्ता लगाइएको छ । त्यस्तै बिहिबार जन्मेका मानिसहरु शान्त स्वभाबका हुने बताइएको छ । यस दिन जन्मेका मानिसहरु सान्त र समझदार खालका हुन्छन् ।

उनीहरुमा नेतृत्व गर्ने गुण हुन्छ । उनीहरुले अरुको इज्जतमा ध्यान दिन्छन् । बिहिबार जन्मेका मानिसहरु स्वच्छ बिचारधाराका हुन्छन् ।

यस दिन जन्मेका मानिसहरुले प्रेम विवाह गर्ने सम्भावना हुन्छ । यस दिन जन्मेका मानिसहरु  सानो–तिनो रोगमा अल्झिएका हुन्छन् । यस दिन जन्मेका मानिसहरु धेरै पैसा कमाउने र मन खोलेर खर्च गर्ने खालका हुन्छन् ।

Loading...
प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार ०३:२८