काठमाडौं – चर्चित युवा गायक अल्मोडा राना उप्रेतीको नयाँ गीत बजारमा आएको छ । गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा ‘गाह्रो भो’ बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो ।
यस गीतमा शब्द र संगीत पनि र अल्मोडा राना उप्रेतीको रहेको छ । यस गीतको भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझी र राहुल शाहको दमदार अभिनय रहेको छ ।
यस गीतको भिडियोलाई भुवन सुस्लिङले छायांकन गरेका छन् भने भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । यस गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र राहुल शाहसंगै निसान पोख्रेल, भावना उप्रेती, सविना आख्खा, आभा पाण्डे, सुनिता घोतानी, कृष्ण शर्माको अभिनय रहेको छ ।