मिस धनकुटाको ताज सावित्रा घिमिरेलाई

धनकुटा / मिस धनकुटा-२०१९ को ताज सावित्रा घिमिरेले पहिरिएकी छन्। बुधबार राति  भएको फाइनलमा २७ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो पटक आयोजना भएको मिस धनकुटाको ताज घिमिरेले जितेकी हुन्।

घिमिरेले स्कुटरसँगै १० लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन्। प्रतियोगिताको फस्ट रनरअप सोनी कार्की र सेकेण्ड रनरअप निरुता सुब्बा घोषित भइन्। उनीहरुले ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त  गरे।

दुवै जनाले ५ लाखको एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने  आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंका अध्यक्ष दीपक बराइली जानकारी दिए।

कार्यक्रममा महानायक राजेश हमाल, चलचित्र निर्देशक विभुल पोख्रेल, होटल एसोसियन इटहरीका अध्यक्ष जीवन पराजुली र मिस नेपाल सेकेन्ड रनरअप शान्ति पाख्रिन निर्णायकको रहेका थिए। कार्यक्रममा रिमा विश्वकर्मा, बाबु वोगटीको समेत उपस्थिति थियो।

Loading...
प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १०:११