छवी र शिल्पालाई फेरी प्रहरीले खोज्दै (हेर्नुस भिडियो)

‎काठमाडौं / छवी, शिल्पा र हेमा ओझाको मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेकोमा दुवै फरार रही शिल्पा पोखरेलको तर्फबाट उच्च अदालत पाटनमा पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञाको निवेदन दिँदा सो निषेधाज्ञाको मागदावी खारेज भएपछि फेरि सर्वोच्च अदालतबाट हालेको रीटपश्चात १५ दिनका लागि पक्राउ नगर्नु भने पनि सर्वोच्च अदालतमा पेशी सरिरहेर बहस नभइरहेको बेलामा २०७६०६२८ गते छवीशिल्पा दुवैका नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेर पेश गर्नु भन्ने आदेश भएको छ ।

दशैं विदापछि दर्ता भएको अभियोग पत्रको शीरभागमा संक्षिप्त आदेशको व्यहोरा । अभियोग पत्रका अभियोजक जिम्मेवारीमा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्ले रहनुभएको छ ।

अब यसका साथै सर्वोच्चमा शिल्पा पोखरेलले दिएको रीटको औचित्य पनि व्यवहारतः समाप्त भएको छ ।

Loading...
प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १५:२७