सोनिकासँगको सम्बन्धबारे पूर्व युवराज पारसले खोले मुख !

‎काठमाडौं, ३० असोज । मोडल तथा युट्युबर सोनिका रोकायासँगको निकटताको चर्चाले सामाजिक सञ्जाल तातेको बेला पूर्वयुवराज पारस शाहले भने आफु अब साधु बन्ने बताएका छन् । छ।

सञ्चारकर्मीसँगको कुराकानीमा पूर्वयुवराज पारसले सोनिकासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ? ’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको भनाई थियो।

‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ पारसले भने, ‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’ हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरे। आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु।’

पूर्वयुवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु। ’

Loading...
प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १७:५९