शिल्पा र छवि पुगे हनुमानढोका

काठमाडौँ– नायिका शिल्पा पोख्रेलले निर्माता छवि ओझा विरुद्ध बुधबार प्रहरीमा उजुरी हालेकी थिइन् । आफूमाथि हिंसा भएको भन्दै शिल्पाले श्रीमान् छविविरुद्ध बुधबार असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी हुन । पति छबिले कुटेपछि उनको कानको जाली फुटेको र अहिले मैतीदेवीको एपोलो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

शिल्पाको अहिले पनि कान दुख्ने समस्या भइरहेको बताइएको छ । शिल्पा गएको १४ दिनदेखि नै भाउजु सम्झना रौनियार उप्रेतीकोमा गएर बसेको र १५ दिन अगाडि नै ओझाले शिल्पालाई पिटेको र कुटाइपछि शिल्पाको कानमा समस्या भएको बताइएको छ । कुटेर घर छाडेपछि पनि छबिले कुने कल नगरी बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यलयमा उजुरी हालेको बताइएको छ ।

बुधबार छबी छलफलमा नगएपछि बिहीबारका लागि सारिएको बताइएको छ । शिल्पा र छविको विवाह २०७३ सालको दशैँमा गोप्यरुपमा भएको थियो । यस अघि छबीले तेस्रो बिबाह गरिसकेका थिए भने छबीको चौथी पत्नीको रुपमा शिल्पा भित्रिएकी थिइन् । शिल्पाले छविराज ओझाकै प्रडक्सनमा ‘लज्जा’ मार्फत डेब्यू गरेकी थिइन्।

Loading...
प्रकाशित मिति २६ असार २०७६, बिहीबार ०३:३८