ठूला आवाज निकालेर माेटरसाइकल चलाउनेलाई कारबाही गरिने

काठमाण्डाै / महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर माेटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएकाे छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने, स्वरुप परिवर्तन गरेर लापर्वाही ढङ्गले तथा दायाँ बायाँ गरी माेटरसाइकल चलाउने काम कानुन विपरीत भएकोले यस्ताे तरीकाले माेटरसाइकल नचलाउन आग्रह गरेकाे छ ।

विज्ञप्तिमा महाशाखाकाे आग्रहलाई अटेर गरी चलाएकाे पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिबाना गरिने स्पष्ट पारिएको छ ।

Loading...
प्रकाशित मिति ३ कार्तिक २०७६, आईतवार १२:५३