प्रहरीले खोज्दै दुर्गेश थापालाई

काठमाडौं / चर्चित गायक तथा मोडल दुर्गेश थापाको तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत विवादमा आएको छ । तीजको बेला ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ ल्याएर चर्चित बनेका गाएक थापाको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत बिबादमा आएको हो ।

तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएको हुनाले तिहारको बेला बियर खाने प्रचार गरेका कारण उनी सामाजिक रुपमा सर्बत्र आलोचित समेत बनेका छन् ।

कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो । उजुरीको कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ ।

प्रशासनको आग्रहमा थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । उनका अनुसार गायक दुर्गेश थापालाई सम्पर्कमा ल्याएर प्रशासनमा बुझाइने छ ।

उजुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँजा खाने कुरा संशोधन गर्न माग गरेका छन् । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

Loading...
प्रकाशित मिति ४ कार्तिक २०७६, सोमबार १०:१०