‘लक्का जवान’ मा प्रियंकाको प्रवेश

काठमाडौं २६ असार /अभिनेत्री प्रियंका कार्की शिवहरि पौडेलको डेव्यु निर्देशनमा तयार हुन् लागेको नयाँ चलचित्र ‘लक्का जवान’ मा भित्रिएकी छिन्।

उनले बुधवार निर्देशक पौडेल र सह-निर्माता किरण केसी संग चलचित्र साईन गरेकी छिन्। पछिल्लो समय सोलो चलचित्रमा खासै सफल हुन प्रियंका सकिरहेकी छैनन्।

‘लक्का जवान’ मा अन्य दुई अभिनेत्री रहने बताईएको छ। चलचित्रको लागि अर्का सह-निर्माता दिलिप रायमाझीकी छोरीलाई अप्रोज गरिएको छ। तर उनले चलचित्रमा कम गर्ने नगर्ने पक्का भएको छैन।

Loading...
प्रकाशित मिति २६ असार २०७६, बिहीबार ०७:१६