ज्योति मगरको आक्रोश : मलाई पनि पक्राउ गर…

काठमाडौं / ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका गायक दुर्गेश थापाले प्रहरी कार्यालय धाउनुपर्ने भएको छ । उनको पछिल्लो ‘देउसी गीत’ विरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई डाकेको हो ।

उनलाई प्रहरीले पक्राउ गरे संगै गायिका ज्योति मगर आक्रोसित हुदै मिडियामा आएकी छिन्।ज्योति भन्छिन ‘यो भन्दा अगाडी पनि यस्तो गीत गाउनेलाई किन समाउन सकेन”?

दुर्गेशलाई सिध्याउन यस्तो खेल खेलेको उनको भनाई छ ।एता दुर्गेश भन्छन ‘हो, मेरो गीतको विषयमा छलफल गर्न बोलाउनुभएको छ,’ उनले भने ।

कहिले जानुहुन्छ त भन्ने प्रश्नमा थापाले जवाफ दिए, ‘हेरौं, कहिले हुन्छ ।’दुर्गेशलाई प्रहरीले डाकेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीले ठिक गर्‍यो भन्ने प्रतिक्रिया धेरै आएका छन् ।

यूट्यूवमा पनि गीतमाथि अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए ।

काठमाडौं : विवादित गीत गाएपछि पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन्। काठमाडौंबाट पक्राउ परेका थापा मंगलबार नै गीत हटाउने सर्तमा रिहा भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रतिबन्धित लागुपदार्थ खाँदै तिहार मनाउँ भन्ने आाशयको विवादित गीत युट्यूवबाट हटाइएको प्रहरीले जनाएको छ। निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने गरी गीत गाएकाले उनलाई पक्राउ गरिएको र गीत हटाएपछि थापालाई छाडिएको उनले बताए।

लागु पदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्काे गीतकाे आलोचना पनि भइरहेको छ।

Loading...
प्रकाशित मिति ५ कार्तिक २०७६, मंगलवार १०:४९