भैंसी र अटो ठोक्किएर अटो पल्टिँदा : चालकसहित ४ घाइते

उदयपुरमा मंगलबार विहान कदमाहा गाईघाट सडक खण्ड अन्तर्गत जलजलेबाट गाईघाट तर्फ आईरहेको अटो र भैंसी एक आपसमा ठोकिँदा अटो पल्टिएको छ ।

त्रियुगा नगरपालिका ३ स्थित मिलन चोकमा स्थानीयको भैंसी सडकमा उफ्रिएर तिव्रगतिमा रहेका स.१ ह ९७८ नम्बरको अटोलाई ठक्कर दिँदा अटो पल्टिएको थियो ।

अटो पल्टिदा अटो चालक सहित चार जना घाइते भएको थियो । घाइते हुनेहरुमा त्रियुगा नगरपालिका ४ का ३५ वर्षिय लक्ष्मी थापा, सोही वडा बस्ने ३४ वर्षिय अनिसा कार्की थापा, त्रियुगा नपा ३ बस्ने ३५ वर्षिय रामप्रसाद दाहाल, चालक दल बहादुर विकसमेत घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका ईन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।

उनले घाइतेहरुलाई उध्रित गर्दै स्थानीयको भैंसी उफ्रिएर अटोलाई ठक्कर दिँदा अटो अनियन्त्रित भई पल्टिएको थियो । घाइतेहरुको जिल्ला अस्पताल बोक्सेमा उपचार भईरहेको छ । ( तस्बिर / नागरिक बहस )

Loading...
प्रकाशित मिति ५ कार्तिक २०७६, मंगलवार ११:१८