दीपक मनाङ्गेको जीवन कथामा आधारित चलचित्र निर्माण हुने

काठमाडौं / किरण नेपाली र अमलादेवी राईको निर्माणमा प्रदेशसभा सांसद दीपक मनाङ्गेको जीवन कथामा आधारित चलचित्र निर्माण हुने भएको छ ।

‘मनाङ्गे’ नाम दिइएको चलचित्रलाई  जमन विष्टले निर्देशन गर्दै छन् । चलचित्र सम्बन्धी ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा स्नातकोत्तर गरेका जमनले नै कथा तयार गर्दै छन् ।

सोमबार निर्माण पक्ष र जमनबीच सम्झौता भएको र दीपकको कथामा चलचित्र बनाउन आफ्नो कम्पनीले अधिकार लिएको निर्माता नेपालीले बताएका छन् ।

डनदेखि सांसदसम्मको यात्रा तय गरेका दीपकको बायोपिक दर्शकका लागी निकै रोचक र फरक स्वादको हुने निर्माण पक्षको विश्वास छ ।

चलचित्रलाई २०७७ सालको चैत्रको अन्तिम साता नयाँ वर्षलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने तयारी रहेको बुझिएको छ ।

Loading...
प्रकाशित मिति ६ कार्तिक २०७६, बुधबार ०३:५१