रश्मी तामाङको अभिनयमा तीज गीत सार्वजनिक [भिडियो ]

काठमाण्डौ,२६ असार

हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्र्दै बजारमा तीज लक्षित गीत आउने क्रमको सुरुवात भइसकेको छ ।

यसै क्रममा यो वर्षकै लागी तयार पारिएको तीज कोशेलीको रुपमा मालती खरेलको तीजी एल्बम “पैसा मागम की” बोलको गीत बिहिवार बाट डिजिटल बजारमा सार्वजनिक भएको छ।

मालती खरेको को आफ्नै युटुब च्यानल बाट सार्वजनिक भएको सो गीतमा लय शब्द खुमन अधिकारीको रहेको छ भने स्वरमा साथ पनि गायक अधिकारीलेनै साथ दिएका छन।

रानी हजुर जस्ता चर्चित गीत हरु बजार सार्वजनिक गरेर एका चर्चामा आएकी खरेलख यो यसपालि को पहिलो तिज गीत हो । गीत सबै पक्ष निकै नै उत्कृष्ट बनेको छ।

चर्चित निर्देशित शंकर बिसिको निर्देशनमा तयार भएको सो गीतको म्युजिक भिडियोमा रश्मी तामाङ र मोडल शंकर बिसिकै उत्कृष्ट नृत्य देख्न सकिन्छ । दुर्गा पौडेल को छायांकन मा तयार भएको सो म्युजिक भिडियो लाई नबिन घर्तीले सम्पादन गरेका छन।

सो गीतको सफलताको कामना हाम्रो तर्फबाट पनि

हेर्नुहोस् भिडियो –

https://youtu.be/F086Dg3Y8mA

Loading...
प्रकाशित मिति २६ असार २०७६, बिहीबार ०८:३०