फनालिष्ट टिमका क्याप्टेनसहित डब्लुसीएल टी–२० क्रिकेटको ट्रफी चन्द्रागिरीमा

काठमाडौं, ६ कार्तिक / पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी चन्द्रागिरी परिक्रमा गराइएको छ । फाइनल पुगेका टोलीका कप्तानसहित ट्रफीलाई बुधबार चन्द्रागिरी परिक्रमा गराइएको हो ।

फाइनलमा काठमाडौं क्विन्स र चितवन राइनोज भिड्ने छन् । दुबै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ । प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख पाउनेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५ सीसीको टीयीएसको स्कुटरसहित ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट बलिङ र ब्याटिङ गर्नेलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागीता जनाएका थिए ।

Loading...
प्रकाशित मिति ६ कार्तिक २०७६, बुधबार ०५:४४