दुर्गेश थापाले फेरि हाले विवादित गीत

काठमाडौं / गायक दुर्गेश थापाले प्रहरी नियन्त्रणबाट छुटेलगत्तै ‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमा हालेका छन् । उनले गाजाँ र बियर भन्ने शब्द म्युट गरेका छन् भने ‘ह्याप्पी तिहार, चिसो बियर’ भन्ने शब्द हटाएर गीत अपलोड गरेका छन् । साथै उनले गीतको बोल ‘डन आयो डन’ बनाएका छन् ।

तिहारको अवसर पारेर रिलिज गरिएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ भन्ने शब्दको प्रयोग गरिएको र अर्ना बियरको प्रचार गरेको भन्दै विवादमा तानिएको थियो ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएको थियो ।

यो गीत युट्युबबाट हटाउने सहमती भएपछि प्रहरीले दुर्गेशलाई छाडेको थियो । प्रहरी कार्यलयबाट छुटेपछि गायक थापाले गल्ति भएको स्विकार गर्दै माफी समेत मागेका थिए । उनले आलोचित शब्द हटाएर फेरि गीत हालेका छन् ।

Loading...
प्रकाशित मिति ६ कार्तिक २०७६, बुधबार ०८:०२