बिदेशमा श्रीमान गाउँमा श्रीमती…… (भिडियो हेर्नुस)

श्रीमान बिदेश जाँदा श्रीमती रुन्छिन्, कराउँछिन् । सँगै जान्छु भनेर जिद्धि गर्छिन्, नजाउन भनेर बिन्ती गर्छिन् तर पनि..

लोकसर्जक खेम सेन्चुरी र सम्झना भण्डारीको आवाजमा रहेको लोकदोहोरी गीत ‘कपलु कोरेर’ बजारमा आएको छ । गीतमा शब्द र संगीत पनि सेन्चुरीकै छ ।

यो गीतको थेगो ‘कपलु कोरेर’ स्वर्गिय तीर्थ बहादुर गन्धर्वको हो । भर्खरै बिहे गरेका नवजोडी आर्थिक अवस्था कमजोर भएका कारण छुट्टिनुपरेको अवस्थालाई गीतले कथा बनाएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि बुढा बुवा बिरामी आमा र जीवनसाथी अनि आफू जन्मेको गाउँघरलाई छोडेर विदेशीनु परेको दुखद अवस्थालाई कलाकार बिनोद भण्डारी र जुना गुरुङले अभिनय मार्फत उतारेका छन् ।

बिनोद बाजुरेलीको संगीत संयोजन रहेको गीतको कथा र निर्देशन बिनोद भण्डारीले गरेका हुन् । गीतलाई पृथ्वी ईन्टरटेन्मेन्टले डिजिटल बजारमा ल्याएको हो ।

Loading...
प्रकाशित मिति ६ कार्तिक २०७६, बुधबार २३:५६