चलचित्र ‘साईनो’ को ट्रेलर रिलिज ( भिडियो सहित )

नेपालको प्रथम नायिका भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र ‘साईनो’ को ट्रेलर रिलिज भएको छ । नायिका नीता ढुंगाना, मिरुना मगर र नव नायक राज कुमारको मुख्य भूमिका रहेको चलचित्रमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ । रमेश थापाको निर्देशनमा तयार भएको चलचित्रको स्क्रिप्ट अभिमन्यू निरवीले लेखेका हुन् ।

रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रमा नीता, मिरुना र राजका अलवा भूवन चन्द, बसुन्धरा भुषाल, राजा राजेन्द्र पोख्रेल, मदन दास श्रेष्ठ लगायातका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा नेपाली कला, संस्कृतिलाई प्राथमिकता दिदै चेलीबेटी बेचबिखनको कथालाई पनि उठान गरेको निर्माणपक्षले बताएको छ । चलचित्र साउन २४ गते बाट प्रदर्शन हुँदै छ ।

Loading...
प्रकाशित मिति २६ असार २०७६, बिहीबार १२:०८