एम्बुलेन्स समयमा नआउँदा  सुत्केरी महिलाको  ज्यानगयो……  

एजेन्सी – मराठी फिल्मकी चर्चित अभिनेत्री पुजा झुन्जरको निधन भएको छ । उनको समयमै एम्बुलेन्स नपाउँदा निधन भएको हो ।

मध्य रातिमा प्रसव पीडा भएपछी उनलाई मुम्बईको एक अस्पताल लगिएको थियो । उनले आइतबार बिहान मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्रमा बच्चा जन्माइन् । तर बच्चाको भने ज्यानगयो ।

अभिनेत्री पुजालाई पनि समस्या भएपछी हिङ्गोली सिभिल हस्पिटल लैजाने कुरा भयो । तर हस्पिटल लैजान एम्बुलेन्स समयमा आएन ।

२५ वर्षीय पुजाको मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्रमा नै निधन भयो । उनले दुई मराठी फिल्ममा मुख्य भूमिका निभाएकी छिन् ।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७६, बिहीबार १७:३२