दुवै मृगौला फेल भएका रमेशले टिचिगं अस्पतालको शैयामा छटपटाउँदै गरे सहयोगको अपिल

काठमाडौँ, कात्तिक ८ । ३१ वर्षिय रमेश चौधरी जीवन र मरणको दोषधमा परी त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जको शैयामा छटपटाइरहेका छन् । कारण उनका दुवै मृगौला फेल भएका छन् ।

कैलालीको टिकापुर नगरपालिका – २ , सीतापुरका रमेश चौधरीका लागी मिर्गौला परिवारका सदस्य बाट मिल्ने नमिल्ने परिक्षण भईरहेको छ ।

मिर्गौला प्रत्यारोपणका लागि कम्तीमा १० लाख रूपैयाँ खर्च लाग्ने परिवारको भनाई छ । कमजोर आर्थिक अवस्थाका कारण उहाँको परिवारका लागि यो असम्भव भएका कारण परिवारले उपचारका लागि सबै मनकारीहरुमा सहयोगका लागि सादर अनुरोध गरेको छ ।

जसका लागी सहयोगी मनहरुलाई रमेशकी पत्नि रिता कुमारी चौधरीको बैँक अफ काठमाण्डु, टिकापुर शाखाको खाता नम्बर २१२८००००१२०४५२४ मा सहयोग गर्न अपिल गरिएको छ ।

सम्पर्कका लागी परिवारले मोवाईल नम्बर ९८०४६११९१४ मा सम्पर्क गर्न पनि अपिल गरेको छ ।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७६, शुक्रबार १०:०५