नेकपाद्वारा कास्की २ मा विद्या भट्टराईकाे नाम सिफारिस

पोखरा । सत्तारुढ दल (नेकपा)ले उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ बाट विद्या भट्टराईलाई उममेरदवारको सिफारिस गरेको छ ।

नेकपा कास्कीले स्व. रवीन्द्र अधिकारीकी पत्नी बिद्या भट्टराइको नाम सर्वसम्मत रुपमा केन्द्रमा पठाएको हो । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीले भट्टराइको नाम सर्वसम्मत पारित भएका कारण केन्द्रमा पठाएको अध्यक्ष कृष्ण थापाले जानकारी दिएका छन ।

यसअघि नेकपाबाट कास्की २ का लागि केही आकांक्षी भएता पनि अन्तिममा जिल्ला तहबाट सबैले बिद्या भट्टराइलाई प्रस्ताव गरेको र सोही अनुरुप भट्टराइको नाम पठाइएको अध्यक्ष थापाले जानकारी दिएका छन ।

नेकपामा आकांक्षीको रुपमा रहेका सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, धनराज आचार्य लगायतको चर्चा नभएको भने होइन । तर अन्त्यमा सर्वसम्मत गर्दै भट्टराइको नाम सिफरिस गरेको छ ।

गत बुधवार साँझा पार्टीले कास्की २ को उप निर्वाचनका लागि उमेदवारको घोषणा गरेको थियो भने आज शुक्रबार कास्कीले उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । यता प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भने १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । कांग्रेसबाट उमेदवार को हुने भन्ने टुङ्गो लागीसकेको छैन ।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७६, शुक्रबार १४:१७