सामाजिक सञ्जालको चर्को दबाब पछि र्‍यापर भिटेनलाई प्रहरीले छाडेको छ

काठमाडौं ८ कार्तिक / रौतहटका चर्चित र्‍यापर समीर घिसिङ उर्फ भिटेनलाई प्रहरीले जिम्मा जमानिमा छाडेको छ । बिहिवार दिउँसो ज्वाउलाखेल प्रहरीले अपाच्य गीत गाएको कारण देखाई पक्राउ गरेको भिटेनलाई रिहा गर्न सामाजिक सञ्जालमा चर्को आवाज उठेपछि शुक्रबार राति प्रहरीले प्रहरीले छाडेको हो ।

भिटेन पक्राउ परे लगत्तै उनको चर्चित गीत “हामी यस्तै त होनि ब्रो” युटयुबबाट हटाइएको थियो । सामाजिक सञ्जालमा चर्चित कलाकारहरुले समेत छाड्न दबाब सहितको आक्रोश व्यक्त गरेका थिए ।

त्यस्तै तिहार गीत विवादमा परेका गायक तथा मोडेल दुर्गेश थापालाई पनि साधारण सोधपुछ र गीतलाई परिमार्जित गर्ने सर्तमा प्रहरीले छाडेका थियो ।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७६, शुक्रबार १५:४५