अछामकी १२ वर्षीया किशोरीको पेटमा ५ महिनाको गर्भ

काठमाडौं / अछाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो ।

रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगाउँदा एक दिनको पैदल दूरीको बयालपाटा मिसन अस्पतालमा पुर्याइएपछि उनको गर्भ रहेको खुलेको हो ।

‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिएँ,’ बालिकाको बुवाले भने,‘छोरीको पेट किन सुन्नियो डाक्टर साब हेरिदिनुहोस् भनेँ ।

डाक्टरले जाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसेको जस्तो भएँ ।’ यो समाचार आजको कान्तिपुरले लेखेकाे छ ।

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७६, शनिबार १२:१९