हङकङमा एलिसा राई ( फोटो फिचर )

नेपाली मोडल तथा डान्सर एलिसा राई पछिल्लो समय हङकङमा समय बिताएकी छन् । एलिसा राईले टेली चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा व्यस्त बनेकी हुन् । फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन्

चलचित्र ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो ।उनको सामाजिक सञ्जालमा एलिसाको उपस्थिति राम्रै रहने गर्छ । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन । नेपाली चलचित्र क्षेत्रमा आउनु पहिला नै एलिसाले राई भाषाको चलचित्रमा अभिनय गरिसकेकी थिइन् ।

उनी आफ्नो पढाइ र काममा व्यस्त रहेकी छिन् । अभिनयका हिसाबले पनि एलिसाको चर्चा हुने गर्छ । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी हङकङमा रमाउँदै गरेका केही तस्बिरहरू सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् ।

 

Loading...
प्रकाशित मिति २६ असार २०७६, बिहीबार १६:३०