कुलमानको चमत्कार :  झिलिमिली तिहार

काठमान्डौ , तिहारको झिलिमिली बत्तिले राजधानी धपकै बलेको छ । अझ राजधानीको मुटुमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालय भवनको सजावट विशेष छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सहितको टोलीले गत बर्ष पनि बत्तिले राष्ट्रिय झन्डा बनाएर आफ्नो कार्यालय भवन सजाएको थियो । त्यो डिजाइनले निक्कै तारिफ पाएको थियो ।यस पटक भने कार्यालयको सजावट थप विशेष छ।यस पटक राष्ट्रिय झन्डाको साथमा प्राधिकरणले विभिन्न संदेश हरु दिएको छ। अर्थात् शब्दहरु पनि सजावटमा देखिन्छन ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ ।

धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो । आगामी वर्ष दश अर्ब नाफामा पु¥याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

“हामीले विद्युत्भार कटौती मात्रै अन्त्य गरेनौँ ।” उहाँले भन्नुभयो, “अब विद्युत् अपुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।”

सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उहाँले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उहाँले बताउनुभयो ।उहाँले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् पु¥याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझैपनि ४० प्रतिशत विद्युत् सेवा पु¥याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पु¥याउने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारणपछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का अध्यक्ष दिनेशश्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य सङ्घका सल्लाहकार दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७६, शनिबार १६:५४