मोरङमा दियोबाट सल्केको आगोले बालकको ज्यान लियो

मोरङको पथरी-शनिश्चरेमा आगलागी हुँदा जलेर बालकको मृत्यु भएकाे छ। मोरङको पथरी-शनिश्चरे नगरपालिका-५ कोठेबारीमा आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको हाे ।

गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घर भित्र सुतिरहेका गिरीको ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आगलागीबाट गिरीको एक तले घर सहित ३/ ३ तोला सुन र चाँदीको गहना, अन्दाजी नगद रु. ९५ हजार सहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७६, सोमबार ०४:३८