देउसी भैलो खेल्ने टोली बोकेको ट्याक्टर दुर्घटना

गुल्मी / देउसी भैलो खेल्ने टोली सवार रहेको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते घाइते भएका छन्। गुल्मी जिल्लाको बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बरको ट्याक्टर इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना भएको प्रहरीले जानाएको छ।

घाइते मध्ये इस्मा गाउँपालिका वडानम्बर ६ बुल्म घर भएकाहरु ४० वर्षीय भुपेन्द्र कुमाल, २३ वर्षीय पदम कुँवर, १२ वर्षीय शेरे कुमाल र २९ वर्षीय प्रेम कुमाल गम्भीर घाईते भएकोले उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। गुल्मीमा उपचाररत घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७६, सोमबार ०५:०४