भाइटीकाको अघिल्लो दिन अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना

अर्घाखाँची / अर्घाखाँचीको शितगंगा नगरपालिकाको जुकेनामा सोमबार साँझ भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन ।

शितगंगाको ठाडाबाट जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्बरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश विष्टले बताउनुभयो ।

– फाइल  फोटो

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७६, सोमबार १२:५०