प्रधानमन्त्रीको भाइटीका तयारी यस्तो छ ..

काठमाण्डाै १२ कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालसँग भाइटीका लगाउँदै हुनुहुन्छ ।

दिउँसो साढे १२ बजेपछि बालुवाटारमै भाइटीका लगाउने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

टीकाकाे उत्तम साइत एघार बजेर पचपन्न मिनेटका लागि ताेकिएकाे भए पनि आज दिनचर नै भाइटीका लगाउन मिल्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।

फाइल फोटो / २०७५

Loading...
प्रकाशित मिति १२ कार्तिक २०७६, मंगलवार ०३:५०