देउसी खेल्न बोलाएर साथीको बहिनिलाई करणी गर्ने राई बर्खास्त

काठमाडौँ / १८ बर्षीय किशोरीलाइ करणी गरेको अभियोग लागेका अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव इन्द्रहाङ राईलाई बर्खास्त गरिएको छ ।

रत्न राज्य लक्ष्मी क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार विज्ञप्ति निकालेर हिजोकै मितिदेखि लागू हुनेगरी बर्खास्त गरिएको जानकारी दिएका छन् ।

उनले आगामी दिनहरुमा स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइनेसमेत निर्णय भएको बिज्ञप्ति मार्फत बताएका छन् ।

संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राईलाई मंगलबार बिहान महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

पीडित किशोरीले सोमबार राती काम छ भन्दै बोलाएर गोकणेश्वर स्थित साथिको कोठामा लगेर राईले आफुलाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकी छिन् ।

पीडित किशोरी गएराति नै सम्पर्कमा आएको र त्यस लगत्तै प्रहरीले ती किशोरीलाई उद्धार गरेको थियो ।

Loading...
प्रकाशित मिति १३ कार्तिक २०७६, बुधबार ०१:११