अचानक प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । बुधबार बिहान स्वास्थ्यमा समस्या आएपछि उनलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय हस्पिटल भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारको थप विवरण भने आउन बाँकी छ।

प्रधानमन्त्री ओलीले मंगलबार मात्र दिदीबहिनीको हातबाट भाइटीका लगाएका थिए । यसअघि अजरबैजान जानुअघि पनि प्रधानमन्त्री ओलीको उपचार ग्रान्डी अस्पतालमा गरिएको थियो ।

तर, प्रधानमन्त्रीलाई अस्पताल लगिएको बारे कुनै जानकारी दिइएको थिएन । कतिसम्म भने ओलीलाई भेट्न पुगेका सत्तारुढ नेकपाकै वरिष्ठ नेतालाई समेत अस्पतालमा भेट गर्न दिइएको थिएन ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको मृगौलाबाट रगत बग्ने समस्या देखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

Loading...
प्रकाशित मिति १३ कार्तिक २०७६, बुधबार ०६:२४