कात्तिक १३, काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ल भएका छन् ।
पुर्ब कप्तान पारस खड्काले जिम्मेवारीबाट राजिनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको हो ।
पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए ।
उनले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।