भाइटीका लगाएर, विदेशीहरु देउसी भैलो खेल्दै…

काठमाडौँ / विदेशी पर्यटकले समेत उल्लासका साथ पोखरामा भाइटीका मनाएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको १३ औं भाइटिका महोत्सवमा सहभागी विभिन्न देशका पर्यटक निधारमा सप्तरंगी टीका लगाउँदा दंग देखिन्थे ।

भाइटीकामा विभिन्न देशका ३० जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका वालिकाहरुले टीका, माला, ढाका टोपी र खादा लगाइदिएका थिए ।

टीका मालामा सजिएका उनीहरुले नेपाली मौलिक पर्व मनाउन पाउदा खुशी हुँदै लोकदोहरीमा नाँचेका थिए । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

Loading...
प्रकाशित मिति १४ कार्तिक २०७६, बिहीबार ०१:११