होटलमा छोरी जन्माएर महिला फरार

इटहरी १४ कार्तिक / सुनसरीको इटहरीमा एक महिलाले होटलमा बच्चा जन्माए भागेकी छन् ।जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाए अनुसार छोरीलाई होटलमा जन्माई फरार भएकी हुन् ।

३ दिन अघि जन्मीएको छोरीलाई छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरेको हो । इटहरी ६ वीपी चौकको टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा महिलालले बच्चालाई जन्म दिएकी हुन् ।

उक्त शिशुलाई इटहरी ४ को बालसंरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

– फाइल तस्बिर

Loading...
प्रकाशित मिति १४ कार्तिक २०७६, बिहीबार ०७:१२