साखु बस दुर्घटना अपडेट ; तीनको मृत्यु, ५७ घाइते

काठमाडौं / राजधानीको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृ.त्यु भएको छ। बिहीबार मेलम्चीबाट काठमाडौंतर्फ आइरहेको बा ५ ख ५०७० नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

सिंहले बस दुर्घटनामा ५७ जना घाइते भएको बताए। गम्भीर घाइते भएका २ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

‘खचाखच भरिएको बस लप्सीफेदीस्थित मोडमा ब्रेक नलागेपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, उनले भने,‘घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाएका छौं।’

डीएसपी सिंहका अनुसार घाइतेमध्ये २५ जनाको लाइफ केयर हस्पिटरल, ३० जनाको सुश्मा मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ। मृतकको सनाखत हुन सकेको छैन।

Loading...
प्रकाशित मिति १४ कार्तिक २०७६, बिहीबार १२:२२