रेखाको चलचित्र निर्देशनको जिम्मा रेनशालाई

आफुलाई हिम्मतवाली अभिनेत्रीको रुपमा उभ्याएकी रेखा थापा पछिल्लो समय महिला प्रधान चलचित्र निर्माण र निर्देशन गर्दै आएकी छिन् । रेखा फिल्म्सबाट उनि लगातार चलचित्र निर्माणमा सक्रिय रहेकी छिन्।

महिलाप्रधान चलचित्र बनाउन सक्रिय रेखाले आफ्नो होम प्रोडक्सनबाट छैटौ चलचित्र निर्माण तयारीमा रहेकी छिन् हाल स्क्रिप्टको काम भैरहेको चलचित्रको निर्देशन जिम्मा रेखाले कोरियोग्राफर तथा निर्देशक रेनशा राई राणा दिएकी छिन्। चलचित्रको कथा अभिमन्यु निरवीले तयार पारिरहेका छन्।

पहिलो चलचित्र निर्देशनबाट बाट नै राम्रो सम्भावना देखाएकी रेनशा होम प्रोडक्सनको नै दोश्रो चलचित्र निर्देशनको तयारीमा रहेकी छिन्। रेखाको चलचित्र मल्टिस्टारर रहने बताईएको छ।

चलचित्र मङ्सिर महिनाबाट छायाकनमा जाने बताईएको छ। आफुलाई आफ्नै क्षेत्रमा अब्बल रुपमा उभ्याएका यी दुईको टिमअप कस्तो रहनेछ त्यो हेर्न बाँकी रहेको छ।

मदन रिजाल

Loading...
प्रकाशित मिति २७ असार २०७६, शुक्रबार ०९:२६