आँचल शर्मा र उदिप श्रेष्ठको प्रेम दोस्रो बर्षमा

काठमाडौं / चलचित्र नाईं नभन्नु ४ बाट रजटपटमा पाइला टेकेकी नायिका आँचल शर्माले लुकाउँदै आएको प्रेम सम्बन्धलाई विस्तारै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेकी छिन् । डेव्यु चलचित्र र अन्य दुई चलचित्र साथै दर्जनौं म्युजिक भिडियोमा एकसाथ काम गरेका अभिनेता पल शाह नाम जोडेर लामो समयसम्म चर्चा चलेपछि आँचलले प्रेमी सार्वजनिक गर्न बाध्य भएको अनुमान लगाउन सकिन्छ ।

आँचलको प्रेमी भारतमा डाक्टर पढ्दै गरेका उदिप श्रेष्ठ नाम गरेका युवा हुन् । उनिहरु चाडैनै विहे गर्ने तयारीमा रहेको हल्ला पनि चल्न थालेको छ ।

तिनवटा चलचित्रमा सँगै काम गरेका पल शाह र आँचल शर्मा विहे भएको हेर्न चाहने फ्यानहरु भने दुखि बनेका छन् ।

अन्तर्वातामा समेत खुलेर नबोल्ने पल आँचलले भित्री कुरा लुकाएको होकी भन्ने भ्रममा रहेका फ्यानहरुलाई आँचलले भर्खरै इन्सटामा उदिप सँगको पहिलो भेटको तस्बिर सार्वजनिक गर्दै पहिलो डेट १५ मिनेटको रहेको पनि खुलासा गरेको छ ।

चलचित्र दालभात तरकारी पछि आँचलको कुनै पनि फिल्म बजारमा आएको छैन, ‘यसकारण पनि उनी अहिले उदिपको प्रेममा रमाइरहेको बुझ्न सकिन्छ ।’ समय अभावले कहिलेकाही मात्र भेट हुने आँचल र उदिपको प्रेम झनै चुलिँदै गएको छ ।

Loading...
प्रकाशित मिति १५ कार्तिक २०७६, शुक्रबार ०४:२१